• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

उत्पीडनलाई निर्मुल पार्ने आधार संविधानमा छः पूर्वमन्त्री विश्वकर्मा

  •   आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले उत्पीडनलाई निर्मुल पार्ने आधार संविधानमा भएको बताउनुभएको छ । ५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसर पारेर आइतबार चितवनको भरतपुरमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै विश्वकर्माले जातीय भेदभावका विरुद्ध संविधानमा व्यवस्था भएका कुराहरु पर्याप्त नभए पनि उल्लेखनीय उपलब्धी भएको बताउनुभयो ।

    दलितहरुको हक, हित र अधिकारका लागि मूल संविधानमा नै व्यवस्था भएको भन्दै विश्वकर्माले सबैको सहकार्यबाट मात्रै छुवाछुत अन्त्य हुने बताउनुभयो । अहिलेको व्यवस्था ल्याउन ७० वर्ष लागेको उल्लेख गर्दै पूर्वमन्त्री विश्वकर्माले परिवर्तनमा दलित, उत्पीडित, आदिवासी, अल्पसंख्यक, मधेसी, जनजातिहरुको ठूलो बलदानी रहेको बताउनुभयो । कार्यक्रममा नेकपा (एमाले)का नेता एवं वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाले अहिलेको सरकारले व्यवहारिक रुपमा समाज रुपान्तरण गर्न लागेको बताउनुभयो ।

    वाग्मती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लाका दलितका लागि उद्यमशीलता विकास गर्न विना धितो निब्र्याजे १० लाख रुपैयाँसम्म ऋण दिइरहेको थपलियाले बताउनुभयो । ऋण लिएर उद्यमी तथा व्यवसायी बन्न चाहने व्यक्तिले आफ्नो वडाको सिफारिस लिएर कृषि विकास बैंकमा जान सक्ने उहाँको भनाइ थियो । कार्यक्रममा सहभागी नेताहरुले धार्मिक सामाजिक र सांस्कृतिक कुराहरुबाट कूरीति नहटाएसम्म संविधानमा लेखेर मात्रै छुवाछुत नहट्ने बताएका थिए ।

    संविधान र कानुनमा धेरै विषय लेखिएको उल्लेख गर्दै नेताहरुले संवैधानिक हकलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यद्वय कृष्ण भुर्तेल, विजय सुवेदी, नेकपा एमाले चितवनकी अध्यक्ष एवं राष्ट्रिय सभाका राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पार्वती रावल, एमाले नेता पुरुषोत्तम न्यौपाने, नेकपा एमले चितवनका सचिव प्रकाश खनाल शैलेसलगायतले जातीय आन्दोलनको बारेमा मन्तव्य राख्नुभएको थियो ।

    नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका अध्यक्ष मीन परियारको अध्यक्षतामा भएको कार्यक्रममा सहदेव लकन्द्रीले जातीय छुवाछुतको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.