चितवन । हत्या आरोपी तथा खैरो हिरोइनमा संलग्नलाई पक्राउन गर्न सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी निरीक्षक सुवास भट्ट बागमती प्रदेशका उत्कृष्ट प्रहरी घोषित भएका छन । भट्टको टोलीले उक्त घटनामा अभियुक्तलाई पक्राउ गर्न सफल भएकोले उनलाई प्रशंसा पत्रसहित फागुन महिनाको प्रदेशकै उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
भरतपुर–९ की ७४ वर्षीया बाबा हजुर थापाको हत्यामा संलग्न मकवानपुरकी शोभा विक पक्राउ गर्न सफल भएको तथा हत्या गरी फालिएका लमजुङका ४६ वर्षीय गोपाल गुरुङको हत्या आरोपित पक्राउ गर्न सफल भएको भन्दै उत्कृष्ट प्रदेश प्रहरी घोषित गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले बताए ।
गुरुङको हत्या भएको साता दिनपछि गैँडाकोट २ बस्ने ४२ को सञ्जय गजुरेल, भरतपुरका विक्रम महतो २५ का वर्षको जुटपानीका ३० वर्षीय रामबहादुर परियार पक्राउ परेका थिए भने भट्टको टोलीले खैरो हिरोइनलगायतका लागूऔषध खरिद बिक्रीमा संलग्न १० जना पक्राउ गर्न सफल भएकोले भट्टलाई उत्कृष्ट प्रहरी घोषित गरिएको प्रहरीले जानकारी दिएको छ ।









