• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लकडाउनको मौका छोपि काठ तस्कर गर्ने तीन जनालाई पक्राउ

  •   बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  लकडाउनको समयमा वन क्षेत्रमा तस्करी वढे संगै वनको सुरक्षामा कडाई गरिएको छ । डिभिजन वन कार्यालय चितवनले लकडाउनको मौका छोपि काठ तस्कर गर्ने तीन जनालाई पक्राउ गरेको छ । कार्यालयका प्रमुख पदमराज नेपालका अनुसार उनीहरुलाई १० थान साईकल, १ थान मोटरसाईकल र २ सय ४० क्यू फिट काठ सहित पक्राउ गरिएको हो । पक्राउका क्रममा अन्य व्यक्तिहरु भागेका छन् ।
    गर्दास र शक्तिखोर क्षेत्रको बरण्डाभार क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई वन ऐन अन्तर्गत मुद्धा दर्ता गर्ने तयारी गरिएको नेपालले बताउनुभयो । अहिले अनुसन्धानको काम भईरहेको छ ।
    कार्यालयका योजना शाखा प्रमुख सहायक वन अधिकृत बालकृष्ण खनालले बरामद भएका काठ र साइकल, मोटरसाइकललाई डिभिजन वन कार्यालय, सबडिभिजन कार्यालय रहेका शक्तिखोर, पदमपुरमा सुरक्षित राखिएको छ । तस्करका गिरोहनै नियन्त्रण गर्न गस्तीलाई प्रथामीकता दिईएको उहाँले बताउनुभयो । उहाँका अनुसार लकडाउनकै समयमा घाइते, टुहुरा तथा असहाय वन्यजन्तु (चित्तल, बँदेल, मृग आदि) को उद्वार तथा उपचारका क्रममा ७ वन्जन्तुको मरेका छन् । लकडाउनकै बेला डिभिजन वन कार्यालय मातहतको १ सय २६ हेक्टर वन क्षेत्रमा लागेको वन डढेलो नियन्त्रण गरिएको उहाँले बताउनुभयो ।

    लकडाउनको समयमा वन क्षेत्रमा तस्करी वढे संगै गस्तीलाई तिब्र पारिएको छ । हिडडुल गर्न नपाउने भए पछि वन क्षेत्रमा अबैध रुपमा छिर्नेहरुको संख्या बढ्दै गएको डिभिजन वन कार्यालय चितवनले जनाएको छ ।
    लकडाउनको समयमा शहरबाट गाउँ आएकाहरु घाँस दाउरा गर्न वन क्षेत्र जाने र उनीहरु संगै तस्करहरु पनि पस्ने भएकाले नियमीत गस्ति संगै टुर गस्ती समेत सुरु गरिएको हो । कार्यालयका प्रमुख नेपालका अनुसार कर्मचारीहरु नियमीत रुपमा वन भित्रको बिभिन्न क्षेत्रमा गरीने गस्ती (टुर गस्ती) लाई तिब्र वनाईएको छ । तस्करी गरेको जानकारी भए संगै तत्काल पुग्ने गरि कार्यालयमा कर्मचारी तयारी अबस्थामा राखिएको नेपालको भनाई छ ।
    वन पैदावर कटानी, चोरी निकासी, वन्यजन्तुको शिकार हुने क्रम बढ्न थालेपछि वन क्षेत्रमा निगरानी बढाईएको हो । स्थानीय प्रशासन, जनपथ प्रहरी, शसस्त्र प्रहरी बलको सहयोग समेत लिदै गस्तीलाई बलियो बनाईएको छ । वन उपभोक्ता समूह र वन समूहलाई समेत चनाखो रहन आग्रह गरिएको छ ।
    अरुबेलाको तुलनामा लकडाउनको समयमा वन निशानामा पर्न थालेको नेपालले बताउनुभयो । उहाँले भन्नुभयो “गाउँवस्तीमा चहलपहल कम भएको मौका छोपेर काठ तस्करी हुन थालेको छ, नियन्त्रण गर्न हामी चनाखो छौँ ।”
    जिल्लामा कोराक, राप्ती, खैरहनी, कालिका, खगेडी, हरिपुर, भरतपुर, इच्छाकामना सहित ८ सबडिभिजन कार्यालय छन् । ९१ सामुदायिक, ४ सय ३१ वटा कबुलियती वन जिल्लामा रहेका छन् । डिभिजन वन कार्यालय अन्र्तगत ५७ हजार ६ सय ५० हेक्टर वन क्षेत्र पर्छ । जसमध्ये सामुदायिक वनतर्फ २१ हजार ५ सय हेक्टर, कबुलियती वन १ हजार ५ सय ६१ हेक्टर, वरण्डाभार संरक्षित वन १० हजार ३ सय २ हेक्टर, धार्मिक वन १० हेक्टर छ । जिल्लामा शसस्त्र वन रक्षक २३ र वन रक्षक २४ जना छन् । अधिकांश वनहरुमा हेरालु राखिएका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.