काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक जारी छ । पार्टी कार्यालय सानेपामा ४ बजेबाट बैठक जारी रहेको एक नेताले जानकारी दिए । आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल हुने बताइएको छ ।
मातहतका समितिबाट क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची बुझाउने मिति नजिकिएसँगै छलफल गर्न लागिएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै अविश्वासको प्रस्ताव ल्याउन दबाबमा परेको कांग्रेसले सरकारको विषयमा स्पष्ट धारणा बनाउने ती नेताले जानकारी दिए ।








