काठमाडौं । टिकापुर घटनाको दोषी रेशम चौधरी लगायतको रिहाई माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । थारु कल्याणकारीणी सभा थरुहट र थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय आन्दोलन परिचालन समितिले आइतबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएको हो । टिकापुर घटनामा दोषी ठहरिएकाहरुको तुरुन्तै रिहाईको माग गर्दै थारू संगठनहरु काठमाडौंमा आन्दोलित भएका हुन् ।








