चितवन । चितवनमा नक्कली नोटको कारोबारमा संलग्न चारजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर १३ का विश्वधराम राई सोही स्थानका राजाराम दनुवार रहेका छन । यस्तै काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ का देवेन्द्र राई र सोही स्थान बस्ने पवन राई रहेका छन ।
भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित बसपार्क क्षेत्रका पसलमा केही व्यक्तिले नक्कली नेपाली नोठ दिई सामान खरीद गरी रहेको भन्ने सूचनाको आधारमा चैत्र ६ गते नोट दिई सामान खरीद गने क्रममा देवेन्द्र राई र पवन राईलाई एकजार रुपैयांँको नोट ७८ थान सहित पक्राउ गरिएको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए । थप अनुसन्धान गर्दै जांँदा नक्कली नोटमा संलग्न विश्वधराम राई र सोही स्थानका राजाराम दनुवार र विश्वराम राईलाई समेत पक्राउ गरेकोे छ । जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई आज सार्वजनिक गरेको हो ।
राईलाई चैत्र ७ गते नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप दुई थान, कार्डरिडर एकथान , प्रिन्टर (फोटोकपी मेसिन) दुईथान हार्डडिक्स एक थान सहित उनको मोबाईल पसलबाट पक्राउ गरिएको थियो । यस्तै दनुवारलाई उनको मोबाईल पसलबाट चैत्र ७ गते प्रिन्टर एकथान , नक्कली नोट छाप्नको लागि प्रयोग भएको फोटोकपी पेपर २४ थान सहित पक्राउ गरिएको छ ।
उनीहरुलाई संगठित अपराध तथा निवारण ऐन, २०७० अन्तर्गत मुद्रा सम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट सात दिनकोे म्याद अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ । यो कसुरमा मुलुकी अपराध संहिता, २०७४ परिच्छेद – २२ को दफा २५६ –खोटा मुद्रा बनाउन वा बनाउने उद्योग व्यक्तिलाई मुद्राको परिमाण र मूल्य बिचार गरी पाँच बर्षदेखि दश बर्षसम्म कैद सजाय हुनेछ ।
यो कसुरमा पचास हजार रूपैयाँदेखि एक लाख रूपैयाँ वा अतिरिक्त थप पचास प्रतिशत सजाय हुनेछ ।








