हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भेला सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ ।
प्रशासनले सूचना जारी गर्दै विश्वभर र छिमेकी देश भारतमा कोरोना संक्रमण बढेको भन्दै सभा,भेला, सम्मेलन, जुलुस, र्याली, जमघट लगायत भिडभाड हुने कार्य नगर्न भनेको छ।
प्रशासनले भौतिक दुरी कायम गर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।









