काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सत्ता समिकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जसपाका नेताहरु मंगलबार बालुवाटार पुगेका हुन् । उनीहरुबिच अहिले वार्ता भैरहेको स्रोतले बताएको छ ।
अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा जसपाका नेताहरु महन्त ठाकुर, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला सहभागी छन् । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्यूँताएसँगै ओली नेतृतवको सरकार धरापमा परेको छ । नयाँ सरकारको गठबन्धनका लागि हाल जसपा निर्णयक बनेको छ । सत्ता सहकार्यका लागि जसपाले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ । एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपा कुन गठबन्धनमा सहभागी हुने भन्नेमा भने अनिर्णित छ ।
जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह ओलीलाई समर्थन गरेर ओली सरकारमै सहभागी हुनुपर्ने पक्षमा छन् । तर, संघीय परिषद्का अध्यक्ष भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह ओली इतरको सरकारमा सहभागी हुनुपर्ने अडानमा छन् ।








