• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनमा राष्ट्रिय जनगणनाको तयारी तिव्र

  •   मङ्गलबार, चैत १०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनमा राष्ट्रिय जनगणनाको तयारी तिव्र पारिएको छ । चैत १ गतेदेखि जिल्ला जनगणना कार्यालय स्थापना गरि तयारीलाई तिव्र पारिएको हो । तथ्याकं कार्यालय चितवनको भवन भरतपुरमा नै कार्यालय स्थापना गरिएको छ । यस कार्यालयले चितवन सहित नवलपरासी पुर्व र पश्चिम हेर्दछ । चैत १ गतेदेखि ०७८ असार मसान्तसम्म ४ महिनाका लागि कार्यालय स्थापना गरिएको हो ।

    चितवनमा जनगणनाका लागि ८सय ९५ गणक र २ सय ३ जना सुपरिबेक्षकको दरवन्दी प्राप्त भएको छ । गणकले १ महिना र सुपरिवेक्षकले २ महिना काम पाउनेछन् । दुवै पदका लागि चैत १५ गतेसम्म अनलाइनमार्फत फर्म भर्न सकिनेछ । गणकका लागि १२ कक्षा र सुपरिबेक्षकका लागि स्नातक उर्तिण गरेको हुनुपर्दछ । गणकहरुले अवको १ महिनापछि प्रत्येकको घरमा पुगेर विवरण संकलन गर्दैछन् ।

    जनगणना समन्वय र सहजीकरण समितीहरुको गठन

    राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश २०७६ वमोजिम चितवनमा जिल्ला जनगणना संमन्वय समिती गठन गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरिएको हो । जसमा प्रमुख कोष नियन्त्रक, प्रमुख प्रहरी उपरिक्षक, शिक्षा इकाई प्रमुख, महानगरपालिकाका अधिकृत स्तरको कर्मचारी, जिल्ला समन्वय अधिकारी र जिल्ला जनगणना अधिकारी सदस्य सचिव रहने व्यवस्था छ ।

    आवश्यकता अनुसार ३ जना आमन्त्रित सदस्यको रुपमा राख्न सकिनेछ । समितीको पहिलो बैठक गत चैत ४ गते सम्पन्न भइसकेको छ । जिल्ला स्तरीय जनगणना सहजीकरण सयन्त्र निमार्णको चरणमा छ । जिल्ला समन्वय समितीका प्रमुखको संयोजकत्वमा सातै स्थानीय निकायका प्रमुख तथा उपप्रमुख समिति सदस्य रहनेछन् । यस समितीको सदस्य सचिवमा जिल्ला जनगणना अधिकारी रहनुहुनेछ । यस्तै प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय जनगणना सहजीकरण समिती बन्ने क्रममा छ ।

    ७ स्थानीय जनगणना कार्यालय स्थापना

    देश संघियतामा गइसकेपछि पहिलो पटक हुन लागेको यस जनगणना कार्यलाई महत्वका साथ हेरिएको छ । चितवनमा ७ वटा स्थानीय जनगणना कार्यालय रहनेछन् । जसअन्तर्गत भरतपुर, गीतानगर, चनौली, माडी, टाँडी जुटपानी र भण्डारामा कार्यालय रहनेछ । भरतपुर महानगगरपालिकामा मा तीन वटा, माडी नगरपालिकामा एक, रत्ननगर नगरपालिकामा एक, राप्ती नगरपालिकामा एक र कालिका नगरपालिकामा एक कार्यालय स्थापना गरिने जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो ।

    इच्छाकामना गाउंपालिका क्षेत्रलाई जुटपानी जनगणना कार्यालयले हेर्नेछ । ७ वटै स्थानमा स्थानीय जनगणना समन्वय समिती गठन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । समितीको प्रमु्खमा स्थानीय जनगणना अधिकारी रहने व्यवस्था छ ।

    ३४ प्रक्षिशक तालिममा पठाइयो

    चितवनमा मात्र ३ महिलासहित ३४ जना गणक प्रशिक्षक खटाइदैछ । उनीहरुलाई आजदेखि १५ गतेसम्म हेटौडामा तालिम हुदैंछ । विभिन्न कलेजमा जनसंख्या विषय अध्यापन गराउने शिक्षक तथा तालिम केन्द्र रहेका विद्यालयका जनसंख्या र गणीत विषयका शिक्षकहरुलाई प्रशिक्षकको रुपमा खटाइन लागिएको हो । यसैगरि स्थानीय जनगणना अधिकारीको तालिम भने चैत १९ देखि २५ सम्म हुदैंछ ।

    गणना सामग्री आइपुग्यो

    गणनाका लागि आवश्यक १ सय १५ बोरा सामाग्री चितवनमा आइसकेको र भण्डारण गरिएको जिल्ला जनगणना अधिकारी भण्डारीले जानकारी दिनुभयो । गणनाका लागि जिल्लाका सबै स्थानीय निकायमा पत्राचार गरिसकिएको छ ।आगामी दिनमा प्रचार प्रसारलाई तिव्र पारिने, विभिन्न चरणमा सरोकारवाला निकायसंग अन्तरक्रिया गोष्ठी गरिने , पर्चा पम्लेट वितरण गरिनेछ । यस्तै रेडियो तथा टेलिभिजनबाट जिङलहरु बजाइदैंछ ।

    १९६८ सालदेखि प्रत्येक १०÷१० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना २०७८ मा छुट्टै महत्वको हुनेछ। ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन राष्ट्रिय जनगणनाको मिति तय गरिएको छ । कोही नछुटोस् कोही नदोहरियोस् भन्ने उद्देश्यले सबैको घरमै पुगेर गणना गरिदैंछ । यसअघि २०५८ र २०६८ मा पूर्णगणना विधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो। यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ। ‘विगतमा बहुविधिबाट जनगणना हुन्थ्यो। यसपटक एकल विधिबाट जनगणना गर्दैछौं’, जनगणना अधिकारी भण्डारीले भन्नुभयो , ‘पहिले ८ घरमध्ये १ घर हुन्थ्यो भने यसपटक सबै घरमा पुगेर जनगणना गरिनेछ।’

    पारिवारिक विवरण तथा घरपरिवारको सूचीकरण सुपरिवेक्षकले स्थानीय तहमा पुगेर संकलन गर्नेछन्। यो काम २०७८ वैशाख २६ देखि जेठ १८ गतेसम्म हुनेछ। मुख्य प्रश्नावलीका लागि गणकहरू घरघरमा पुग्नेछन्। यो घर तथा पारिवारिक गणना जेठ २५ देखि असार ८ सम्म गर्ने तयारी गरिएको छ। जनगणनामा घरधनी बसोबास नगर्ने घर÷भवन÷मल पनि गणनामा समेटिँदैछ। अर्को सामुदायिक प्रश्नावली मुख्य जनगणनाको अवधिमा भरिनेछ। सुपरिवेक्षकले नै सामुदायिक प्रश्नावली भराउनेछन् । गाउँ, सहर छुट्ट्याउने गरी प्रश्नावली तयार गरिएको छ।

    मातृभाषाा थप

    यसपटक जनगणनामा पुख्र्यौली भाषाको प्रश्न थप गरिएको छ। मातृभाषा र दोस्रो भाषा समावेश गरिएको छ।
    २०६८ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो। पुरुषको जनसंख्या १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको जनसंख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ थियो। घरपरिवार संख्या ५४ लाख ५३ हजार २ सय ९७ थियो। जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो। हालको जनसंख्या ३ करोड १ लाख ८० अनुमान गरिएको छ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.