• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

दृष्टिविहीन विद्यार्थीका लागि अक्षयकोष बनाउन एक लाख सहयोग

  •   मङ्गलबार, चैत १०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  दृष्टिविहीन विद्यार्थीको अध्ययनमा खर्च गर्नेगरी अक्षयकोष निर्माण गर्न नारायणगढको एभरेष्ट साकोससहित व्यक्ति तथा संस्थाले एक लाख रुपैयाँ प्रदान गरेका छन्  अक्षयकोषबाट प्राप्त आम्दानी चितवनको भरतपुर–१० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुका लागि खर्च गर्ने गरी रकम प्रदान गरिएको कार्यक्रम संयोजक अनुषा चुकेले बताउनुभयो ।

    एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ स्थापना दिवसको अवसर पारेर सहकारीको तर्फबाट २५ हजार रुपैयाँ प्रदान गरिएको चुकेले बताउनुभयो । सहकारीले बर्सेनि वार्षिकोत्सवको अवसर पारेर सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि सहयोग गर्दै आएको संयोजक चुकेले बताउनुभयो । त्यस्तै, बाँकी ७५ हजार रुपैयाँमध्ये ५० हजार रुपैयाँ नारायणी मोटर्स र २५ हजार रुपैयाँ लायन्स क्लब अफ नारायणगढ बालकुमारीले प्रदान गरेको क्लबका पूर्व अध्यक्ष एवं नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले बताउनुभयो ।

    मङ्गलबार नारायणी नमूना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापालाई रकम प्रदान गर्दै चुकेले सो रकम अक्षयकोषमा जम्मा गर्न आग्रह गर्नुभयो । विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुको लागि आवश्यक पर्ने रकम विभिन्न संघसंस्थाले दिने गरेकोमा अक्षयकोष निर्माणबाट केही भए पनि राहत मिल्ने चुकेले बताउनुभयो । बालबालिकाहरुको शिक्षामा प्रभाव नपरोस् भन्ने हेतुले अक्षयकोष स्थापनाका लागि रकम प्रदान गरिएको भन्दै चुकेले आगामी दिनमासमेत सहयोगले निरन्तरता पाउने बताउनुभयो । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाले विद्यालयमा ३२ जना दृष्टिविहीन तथा २३ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत भएको बताउनुभयो ।

    विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुको विद्यालयको छात्राबासमा बस्दै आएका भए पनि बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु भने आफ्नै घरमा जाने गरेका थापाले बताउनुभयो । दृष्टिविहीन भएका विद्यार्थीहरुले ब्रेललिपीबाट पढ्न पाउने भए पनि उनीहरुले परीक्षा दिँदा सहयोगी राख्नुपर्दा समस्या हुने गरेको थापाको भनाइ थियो ।

     

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.