काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथली सर्ने भएको छ।
दोस्रो चरणको चक्रपथ विस्तारको कारणले धुम्बाराहीमा आउन जान असहज हुने भएकाले एमालेले पार्टी कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवालको घरमा सार्न लागेको हो । थापाथलीस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सार्ने र आजै सम्झौताको तयारी भएको एक नेताले जानकारी दिए ।
२०७२ सालको भूकम्पमा बल्खुस्थित पार्टीको भवन भत्किएपछि धुम्बाराहीमा पार्टी कार्यालय सारिएको थियो। आगामी वैशाख ९ गते पुरानो कार्यालय भवन रहेको बल्खुमै नयाँ भवन शिलान्यास गर्ने एमालेले निर्णय गरिसकेको छ ।








