• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

मिस्टर एण्ड मिस थारुको फाइनल शुक्रबार चितवनमा हुने

  •   बुधबार, चैत ११, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को फाइनल चितवनमा हुने भएको छ । यही चैत १३ गते शुक्रबार पूर्वी चितवनको खैरहनीस्थित डिज्नी पार्क रिसोर्टमा प्रतियोगिताको फाइनल प्रतिस्पर्धा गर्न लागिएको हो ।  वाईएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टले यस प्रतियोगिता आयोजना गरेको हो । आयोजकले बुधबार कार्यक्रम स्थलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

    प्रतियोगिताको फाइनल दिउँसो ३ बजेपछि सुरु हुने जह इन्टरटेनमेन्टका निर्देशक रुपेश चौधरीले जानकारी दिए । विगतका वर्षहरुमा सभाहल भित्र फाइनल प्रतिस्पर्धा हुने भएपनि यसपटक भने पार्कको खुल्ला चौरमा आकर्षक स्टेज बनाएर गरिने छ ।  फाइनलमा प्रतियोगीहरुको तीन सिक्वेन्समा प्रतिभा प्रस्तुत गरिने छ भने कार्यक्रम अवधिमा मनोरञ्जनात्मक कार्यक्रमहरु समेत हुने वाईएसी इभेन्ट्सका इभेन्ट्स म्यानेजर जयस चौधरीले जानकारी दिए । प्रतियोगीहरुलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समुदायको पहिरनमा समेत स्टेजमा उतारिने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको मुख्य निर्णायकमा मिस नेपाल वल्र्ड २०१९ अनुस्का श्रेष्ठ, निर्णायकहरुमा मिस नेपाल इन्टरनेशनल २०१६ वर्षा लेखी, कलाकार, निर्देशक तथा लेखक प्रदीप कुमार चौधरी, गायक अलमोडा राना उप्रेती, कस्टुम डिजाइनर सुजनररत्न परियार रहेको जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए । प्रतियोगिताको विजेता भोटिङ र निर्णायकहरुको निर्णयको आधारमा गरिने छ । सर्वाधिक भोट ल्याउने प्रतिस्पर्धीले ‘खल्ती पब्लिक च्वाईस अवार्ड’ समेत प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको फाइनलमा मिस्टर थारुतर्फ १५ जना र मिस थारुतर्फ १७ जना प्रतियोगीहरु रहेका छन् । उनीहरु बुधबार नै चितवन आइसकेका छन् । फाइनलमा प्रतिस्र्धा गर्ने प्रतियोगिहरुलाई काठमाडौंमा करिव एक महिनासम्म विभिन्न किसिमका प्रशिणहरु प्रदान गरिएको छ ।
    पत्रकार सम्मेलनमा बोल्दै मिस्टर थारु २०१८ रविन चौधरीले यस प्रतियोगिताले युवायुवतीहरुको व्यक्तित्वमा विकासमा टेवा पु¥याउनुको साथै थारु संस्कृति संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्ने बताए ।

    यस्तै मिस थारु २०१८ आकृति चौधरीले पनि यस प्रतियोगिताले थारु युवायुवतीहरुलाई अगाडि बढ्नका लागि धेरै सघाउ पु¥याएको बताइन् । थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि जह इन्टरटेनमेन्टको आयोजनामा सन् २०१७ देखि मिस्टर एण्ड मिस थारुको सुरुवात भएको हो ।  यस यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएकी थिइन् भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् ।

     

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.