भरतपुर । चितवन जिल्ला अदालतले निषेधाज्ञा मुद्धामा अन्तरीम आदेश जारी गरेको छ । टिएन यु इन्टरनेश्नल प्राली काठमाडौं का तर्फबाट अधिबक्ता रामचन्द्र देवकोटाले लोप्चन पौडेल सहितलाई बिपक्षि वनाई हाल्नु भएको निवेदनमा शकुन्तला कार्कीको एकल इजलासले अन्तरीम आदेश जारी गरेको हो ।
कम्पनीको नियमीत काम गर्न, उद्योगको व्यवस्थापन कार्य जिम्मा लिनलाई बिपक्षिहरुले दखल बाधा अबरोध पु¥याउने कुनै रोकतोक लगाउने लगएतका कुनै पनि कार्य नगर्नु र नगराउन तत्काल रोक्न बिपक्षीहरुको नाममा अन्तरीम आदेश जारी भएको हो । निवेदक सगरमाथा मल्टिप्रपोज प्राली तथा टिएन यु इन्टरनेश्नल प्रालीले भाडामा लिएको जग्गा लगाएतमा बिपक्षीहरुबाट बाधा अबरोध पु¥याएमा प्रथम दृष्टिमानै निवेदक कम्पनीलाई अपुरणीय क्षती पुग्न जान सक्ने प्रबल सम्भावना देखिएको यो अन्तरीम आदेश जारी गरिएको हो ।
आदेशमा भनिएको छ “उक्त दुबै कम्पनीको नियमीत कार्यमा कुनै हस्तक्षप गर्ने, कव्जा गर्ने वा कर्मचारी फिल्ड शुपरभाइजर लगाएतका कम्पनीको नियमीत कार्यमा कुनै हस्तक्षेप नगर्न नगराउन लोप्चन पोडेल सहितका विपक्षीको नाममा अन्तरीम आदेश जारी गरिएको हो ।” देवानी कार्यबिधि संहिता २०७४ को दफा १सय ५८ को २ (क) तथा जिल्ला अदालत नियमावली २०७५ को नियम ३४ को प्रतिवन्धात्मक वाक्याम्स (१) बमोवजीम बिपक्षिहरुको नाममा अन्तरीम आदेश जारी गरिएको हो ।








