नवलपुर । देवचुली नगरपालिका वडा नम्बर ३ का नारायण बस्याल ९ दिन देखि सम्पर्क विहिन भएका छन । बुटवलमा व्यवशाय गर्दे आएका देवचुलीका बस्याल घर आएको समयमा बेपत्ता भएको परिवारका सदस्यहरुले जानकारी गराएका छन ।
चैत चार गते बुटवल स्थीत लक्ष्मीनगरबाट बेपत्ता भएका बस्याल ६ गते साझ ८ बजे दुम्कौलीमा देखिएको भए पनि हाल सम्म सम्पर्कमा नआएको भन्दै उनका परिवाले खोजी गरिदिन प्रहरी निवेदन दिए पनि नौँ दिन पुगिसक्दा पनि सम्पर्कमा नआएको बताए । उनका भाइ मदन बस्यालका अनुसार बुटवलमा व्यवशाय गरेका दाजु कालिका स्कुलबाट विहान १० बजेर ४८ मिनेटमा निस्कीएको र १० बजेर ५२ मिनेटमा जयकुटीमा देखिएको बताए ।
अन्तिममा बुटवल स्थीत दिव्यनगरमा मोटरसाइकल फेला परेको बताए । चैत ५ गते बेलुका आठ तिस बजे चौधरी उद्योग दोस्रो गेटमा लोकेसन देखिएको र सो दिन देखि सम्पर्कमा नआएको बताए । अहिले परिवारले उनको खाृेजीका लागि हरेक क्षेत्रमा निग्रानी गरि रहेका छन । तिस वर्षका नारायण बस्याललाई देख्नेले नजिकको प्रहरी चौकी वा परिवारका सदस्य धर्मागत बस्यालको सम्पर्क नम्बर ९८६७१८३६७९ मा सम्पर्क गरिदिन पनि अनुरोध गरेका छन ।








