हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका दुई जना पुरुष लागुऔषध सहित पक्राउ परेका छन् । मकवानपुर प्रहरीले हेटौंडा १५ को पिपल चौतारीस्थित सडकखण्डबाट लागुऔषध ओनेरएक्स १२ बोतलसहित हेटौंडाका दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा हेटौंडा-४ बस्ने ३६ वर्षीय शिशिर राज जोशी र हेटौंडा-८ बस्ने २५ वर्षीय सुसान्त नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानप्रले जनाएको छ । प्रहरीले बुधबार साँझ पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना १६ प ८३२७ नंबरको मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनी लुकाई छिपाई ल्याएको उक्त परिणामको लागुऔषध फेला परेपछि निजहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धानका तथा कारबाही भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।








