काठमाडौँ । नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा १७ गते देशभरका पार्टी कार्यालय बन्द गर्ने भएको छ ।
शनिबार बिहान सानेपामा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले दिवंगत जोशीको सम्मानमा १७ गते एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय पनि गरेको छ । बैठकले जोशीको निधनको शोक प्रस्ताव पनि पारित गरेको छ ।








