चितवन । रोटर्याक्ट क्लव अफ भरतपुरले क्लव एसेम्ली गरी गोविन्द पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । क्षेत्रपुरको दियोलो फुडल्याण्डमा सम्पन्न कार्यक्रमले बर्ष २०१/०२२ का लागी निवर्तमान अध्यक्ष दिपक कंडेल, निर्वाचित अध्यक्षमा स्वरुप तिवारी, उपाध्यक्षमा अस्विन गौतम, सचिवमा अमन बुढाथोकी र कोषाध्यक्षमा सोयल धिताललाई चयन गरेको हो ।
त्यस्तै गरेर डाईरेक्टरहरुमा क्लव सर्भिस डायरेक्टरमा लवि तिवारी, कम्युनिटी सर्भिस डाईरेक्टरमा आयुष अधिकारी, प्रोफेशनल डेभलपमेन्ट डाईरेक्टर कृष्ण गुरुङ्ग र ईन्टरनेसनल सर्भिस डाईरेक्टरमा यसवन्त तिवारी निर्वाचित भएका छन् । ईडिटरमा प्रवेश मिश्र, पब्लिक रिलेशन अफिसरमा सतिस ढकाल तथा सर्जिनेट आर्म्समा रिवाज बस्नेत चयन भएका छन् ।
क्लव असेम्बलीले अध्यक्षलाई मार्ग निर्देशन गर्ने गरी प्रेसिडेन्ट काउन्सिल पनि गठन गरेको छ र सो काउन्सिलको संयोजक पूर्व अध्यक्ष शेर बहादुर पौडेललाई चयन गरेको छ भने पूर्व अध्यक्षहरुबाट नै थप सदस्यहरु काउन्सिल मेम्बरमा थप गर्ने बर्ष २०२१/०२२ का लागी अध्यक्षमा निर्वाचित हुनुभएका गोविन्द पराजुलीले जानकारी दिए ।








