काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको हो । सभामुख सापकोटा बिहान ११ बजे बालुवाटार पुगेका थिए ।
केही समय छलफल गरेर सापकोटा बाहिरिसकेको बालुवाटार स्रोतले बतायो । भेटमा संसद् सञ्चालन र समसामायिक राजनितिक घटनाक्रमको विषयमा छलफल भएको बताइएको छ ।








