• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

म्यानमारमा सैनिक दमन, नेपाल मौन

  •   सोमबार, चैत १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । भौगोलिक हिसाबले नजिक र नेपालीभाषीको समेत बसोबास रहेको म्यानमारमा सेनाले नागरिकमाथि बर्बर दमन र हत्या शृंखला दोहोर्‍याइरहँदा नेपालले भने आश्चर्यजनक मौनता साँधिरहेको छ। गत फरवरी १ मा निर्वाचनमा धाँधली भएको दाबी गर्दै त्यहाँको सेनाले प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी र जननिर्वाचित प्रतिनिधिहरूलाई नियन्त्रणमा लिँदै सत्ता हातमा लिएको विरोधमा नागरिकहरूले गर्दै आएको प्रदर्शनमा सेनाले बर्बर दमन गर्दै आएको छ।

    शनिबार त्यहाँको सेनाले ‘नेसनल आम्र्ड फोर्सेज डे’ मनाइरहेका बेला प्रदर्शनकारीले सैनिक कुको विरोध गर्दा हालसम्मकै ठूलो संख्यामा प्रदर्शनकारीले ज्यान गुमाएका छन्। सेनाको गोली प्रहारबाट त्यसदिन मात्रै झन्डै एक सय प्रदर्शनकारीले ज्यान गुमाएका छन् भने घाइते हुने र गिरफ्तारमा पर्नेको संख्याको लेखाजोखै छैन। मृत्यु हुनेमा बालबालिकासमेत छन्। सेनाले सत्ता हातमा लिएपछि भएका प्रदर्शनमा सेनाले गोली प्रहार गर्दा अहिलेसम्म मृत्यु हुने प्रदर्शनकारीको संख्या ४ सय नाघेको छ।

    शनिबार सेनाको गोली प्रहारबाट सबैभन्दा धेरै नागरिकको ज्यान गुमाइरहँदा सैनिक प्रमुख मिङ आङ लिआङ भने बिनासंकोच आफ्ना जनरलहरूसँग भव्य पार्टी गरिरहेका थिए। म्यानमारमा सेनाले सत्ता हातमा लिएलगत्तै त्यहाँको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेको र छिट्टै प्रजातान्त्रिक व्यवस्था पुनर्बहाली हुने विश्वास व्यक्त गरेको नेपालले औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।

    अनौपचारिक रूपमा भने नेपालले बर्मामा भइरहेको घटनाक्रमलाई गैरप्रजातान्त्रिक गतिविधि भन्दै आइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मिडियासँगको अन्तर्वार्ताका क्रममा त्यहाँ भइरहेका हिंसात्मक घटनालाई गैरप्रजातान्त्रिक र निन्दनीय भएको बताउने गरेका छन् तर औपचारिक रूपमा भने मुख खोलेका छैनन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.