काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच अहिले कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिम्सिनाको घरमा भेटवार्ता भइरहेको स्रोतले बतायो । भेटघाट दुई बजेदेखि जारी रहेको बताइएको छ । यसअघि पनि प्रचण्ड-नेपालबीच कोटेश्वरमै चन्द्रलाल श्रेष्ठको घरमा भेटवार्ता भएको थियो । प्रचण्ड-नेपाल तत्कालीन नेकपा हुँदा एउटै पक्षमा थिए ।
सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज गरेर पूर्ववत: रूपमा एमाले र माओवादी केन्द्र बनाइदिएपछि अहिले प्रचण्ड र नेपाल फरक-फरक पार्टीमा छन्।








