काठमाडौँ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।
स्पष्टिकरण चित्त नबुझ्दो नआएको भन्दै पार्टीले ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेको हो । नेपाल र रावलले शुक्रबार स्पष्टीकरण बुझाएका थिए। पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पुनः स्पष्टीकरण सोधिने भएको छ ।








