काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा ४ सयले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८५ हजार १५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार १९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








