काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९ सयले बढेर ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार २१० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








