चितवन । तुवांँलो हट्दैगएपछि भरतपुर विमानस्थलका नियमित उडान सुरु भएका छन् । मौसम खराबीका कारण भिजिबिलिटी कम हुँदा प्रभावित भएका नियमित उडान आजदेखि सञ्चालन आएको भरतपुर विमानस्थलले जनाएको छ ।
मौसम खराबिको कारण प्रभावित भएका उडान हिजो बुधबारबाट सन्चालनमा आएपनी आजबाट भने नियमित रुपमा शुरु भएको विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले बताए । हिजो बुधबार ३ उडान भएको थियो भने आज ५ उडान भएको छ । ५ दिनदेखी यती र वुद्ध वायुसेवा कम्पनीका नियमित उडान प्रभावित हुँदा हजारै यात्रु प्रभावित भएको उनले बताए ।
उनले दैनिक वुद्धका ९ र यतीका ५ उडान हुँदै आएपनी ५ दिन उडान बन्दको प्रभावले हिजो र आज यात्रु कम भएको बताउदै मौसमा पुन खराबी नदेखिएसम्म अब नियमित उडान हुने जानकारी दिए ।








