• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

अधिकारीको नेतृत्वमा उम्मेदवारी घोषणा

  •   शनिबार, चैत २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल पत्रकार महासंघ चितवनको अधिबेशनका लागि प्रेस युनियन चितवन, प्रेस संगठन नेपाल चितवन र प्रेस चौतारी नेपाल चितवनले संयुक्त प्यानलको घोषणा गरेको छ । चैत २५ गते हुने अधिबेशनका लागि नेपाल प्रेस युनियन चितनवका निर्वतमान अध्यक्षको नेतृत्वमा संयुक्त प्यानल घोषणा गरेको छ । आज भरतपुरमा एक कार्यक्रको आयोजना गरि उम्मेदवारी घोषणा गरिएको हो ।

    एउटै प्यानलमा चुनावी मैदानमा होमिएका संघ संगठनमा प्रेस युनियन नेपाल, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल रहेका छन् । यस्तै प्रगतिशिल पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल, प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्री छापा माध्यम राष्ट्रिय समाज रहेका छन् । उनीहरुले केन्द्रमा प्रेस युनियनका विपुल पोख्रेललाई अध्यक्षको उम्मेदवारमा समर्थन जनाउँदै सोही अनुसारको कार्यक्रम गरिरहेका छन् ।

    यता बागमती प्रदेशमा भने शिव देवकोटाको नेतृत्वलाई पत्रकारका ११ वटा संगठनले साथ दिएका छन् । सोही अनुसार चितवनमा प्रेस युनियनका नारायण अधिकारीको नेतृत्वमा प्यानल बनाई औपचारिक रुपमै उम्मेदवारी घोषणा गरिएको छ । जसलाई प्रेस चौतारी चितवन (नेपाल समूह) ले पनि साथ दिएको छ । केन्द्रमा ११ वटा संघ संगठन भएपनि चितवनमा भने जम्मा ४ वटा संगठन एकसाथ मिलेका छन् । जसमा प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार महासंघ रहेका छन् । लोकतान्त्रिक, प्रगतिशिल, श्रमजीवी पत्रकारहरुको समूह नाम दिएर चितवनमा पनि नारायण अधिकारीको नेतृत्वमा पत्रकारहरु चुनावी मैदानमा होमिएका छन् ।

    शनिवार भरतपुरमा औपचारिक कार्यक्रम गर्दै उनीहरुले १९ सदस्यीय उम्मेदवार तय गरेका हुन् । जसको अध्यक्षमा नारायण प्रसाद अधिकारी रहेका छन् । उपाध्यक्षमा प्रकाशमणी ज्ञवाली,उपाध्यक्ष महिलामा प्रमिता ढकाल, सचिवमा अनिल ढकाल, सहसचिव खुल्लामा टिकादत्त तिमिल्सेना, सहसचिव समावेशीमा उर्गेन तामाङ, कोषाध्यक्षमा राजेन्द्र आचार्य रहेका छन् । यस्तै सदस्यहरुमा महिला सदस्यमा शोभा पुडासैनी, दलित सदस्यमा एलिना पोख्रेल (प्रिती), आदिवासी जनजाती सदस्यमा तुलमान गुरुङ, मधेशी सदस्यमा सरिता महतो शाहा (अपेक्षा) रहेका छन् ।

    सोही समूहका खुल्ला सदस्यहरुमा विप्लव काफ्ले, सरिता पौडेल, अनिल भट्टराई , विवेक पोख्रेल, वविलाल तामाङ, रामु आचार्य, ज्ञानेन्द्र तामाङ र बसन्त ढुङ्गाना रहेका छन् । कार्यक्रममा उनीहरुले भूगोल अनुसार समावेशी रुपमा सवैलाई समेटेको दावी गरेका छन् । क्षेत्र, लिङ्ग र वर्गका आधारमा उम्मेदवारी छनौट गरीएको पनि बताउनुभयो । महासंघ चितवन अहिले सम्म केही सीमित पत्रकारहरुले मात्रै नेतृत्व गरिहदा अव भने ११ वटा संगठन सँगै चितवनको सवै भेगलाई समेट्ने प्रयास सहित नेतृत्व चुनिने उनीहरुको दावी थियो ।

    अध्यक्षका उम्मेदवार अधिकारीले आफू उपाध्यक्ष हुँदै गर्दा पत्रकार महासंघको भवन निर्माणमा भूमिका खेलेको भन्दै यदि अहिले घोषणा भएका सवै जनाले एकै साथ चुनाव जिते देशभरका पत्रकारहरु आएर सिक्ने थलोको रुपमा ठूलो तालिम हल निर्माण गर्ने बताए । अझै पनि देशमा प्रतिगमनको रेल चलिरहेकोले त्यसलाई परास्त गर्न पत्रकारिताले मात्र सक्ने हुँदा एउटै थलोमा प्रतिगमन विरुद्धका पत्रकारहरु एकतावद्ध भएको अधिकारीले बताउनुभयो ।

    यो समय आफ्नो दाई, भाई, स्टेशन म्यानेजर, नाता गोता केही नभनी चैत को २५ गते पत्रकार महासंघको चुनावमा आफ्नो प्यानलकाका सवैलाई भारी मत सहित जिताउन एकै स्वरमा अनुरोध गरेका छन् । आफ्नो समूहले जितेपछि छ महिना भित्रमा सवै पत्रकारले महासंघमा परिवर्तनको महसुस गर्ने उनीहरुको दावी थियो । ७८ जिल्लाको रुपमा परिचित चितवनमा २७६ जना पत्रकार महासंघका सदस्यहरु रहेका छन् ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.