• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

काँग्रेस सभापति देउवाद्धारा लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन

  •   आइतबार, चैत २२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगटन सफल मौफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०७८ को भित्तेपात्रो विमोचन गरेको छ ।

    नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच काठमाडौंमा भित्तेपात्रोको विमोचन गर्नुभएको हो । विमोचनपछि बोल्दै देउवाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । मिडिया हाउसले कोरोनाको विषम परिस्थितिमा पनि सामाजिक उत्तरदायित्व बहन गर्न विचलित नभएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

    अहिलेको राजनीतिक अस्थिरताको बारेमा बोल्दै देउवाले जनताले चाहे मात्र काँग्रेस सरकारमा जाने बताउनुभयो । ‘सत्ताभन्दा ठुलो पार्टी हो । पार्टीभन्दा ठुलो जनता हुन्, निर्णायक अवस्थामा मात्र काँग्रेस सरकारमा जान्छ ।’ उहाँले भन्नुभयो । मिडिया हाउसले पत्रकारिताको धर्म निर्वाहको साथसाथै समाजका लागि बहुआयामिक काम गरेकोमा लक्की मिडीया हाउसको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

    सो अवसरमा बोल्दै बिशिष्ट अतिथि प्रदेश सांसद मिलनबाबु श्रेष्ठले लक्की मिडिया हाउसले मोफसलमा रहेर नागरिकलाई सुसुचित गर्दै निरन्तर भित्तेपात्रो प्रकाशन गर्दै आएकोमा प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि मिडिया हाउसले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । । मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले कोरोनाका कारण हरेक क्षेत्र तहसनहस भएसँगै मिडिया क्षेत्र पनि यसबाट अछुतो नरहेको बताउनुभयो ।

    यस्तो महामारीको समयमा पनि मिडिया हाउसले नागरिकको सुसुचित हुने अधिकारलाई शिरोपर गर्दै कर्तव्यपथबाट विचलित नभएको उहाँले बताउनुभयो । मिडिया हाउसको स्थापनादेखिनै भित्तेपात्रो प्रकाशन गर्दै आएको भन्दै कार्कीले यसलाई निरन्तरता दिन सहयोग पुर्‍याउने सबै प्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा कलाकार, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण रामजी कुँवरले गर्नुभएको थियो ।

    स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले विभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शो, एकल साँझ, विभिन्न सांगितिक कार्यक्रम र अवाड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ । मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम सञ्चालनमा छन ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.