काठमाडौं । माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समर्थन नगर्ने भएको छ ।
आइतबार माधवकुमार नेपाल पक्षका सांसदसहित बसेको संसदीय दलको बैठकले नयाँ सरकार गठन गर्ने निर्णय गरेपछि सो पक्षले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन नगर्ने भएको हो ।
संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले नयाँ सरकार बनाउन आफ्ना मन्त्रीहरूलाई २४ घण्टाभित्र सामूहिक राजीनामा दिनसमेत निर्देशन दिएको छ । अर्को बैठक २४ गते दिउँसो एक बजे बस्ने भएको छ ।








