चितवन । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको माडीमा निर्माणको चरणमा रहेको अयोध्याधामको बिकाशको लागि प्रदेश सरकार तयार रहेको बताउनु भएको छ । आज प्रदेश सरकारको उच्चस्तरीय टोलीले रामधाम निर्माणका लागि प्रस्तावित माडी(९ स्थित कृष्णनगर पार्कक्षेत्र र माडी(८ स्थित दक्षिण अयोध्यापुरीको अवलोकन गरेपछि मुख्यमन्त्री पौडेलले उक्त कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीमार्फत राजधानीमा तयार रहेको राम र सीताको मुर्ती ल्याउन र मन्दिर निर्माण गर्न प्रदेश सरकारको तर्फबाट बजेट व्यवस्था गरिने बताउनुभयो । अबलोकन टोलिमा बाग्मती प्रदेशका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा प्रदेश साँसदहरु कृष्ण भुर्तेल र विजय सुवेदी सहित सहभागी रहनु भएको छ ।
त्यस्तै सोहि टोलीले माडी-८, कान्तिपुर स्थित चक्लाबन्दीमा आधारित सामुहिक खेतीको समेत अवलोकन गरेको छ। भ्रमण टोलीमा माडीका नगरप्रमुख ठाकुर ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु र स्थानीय सामाजिक राजनैतिक अगुवाहरुको समेत सहभागी रहेको छ । मुख्यमन्त्री लगायतको टोलीले माडीका बिबिध समस्याको जानकारी लिने कार्यक्रम समेत रहेको जनाइएको छ ।








