काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदलीसहित केही स्थानहरूमा मेघगर्जनसहित वर्षा भएको छ।
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित हल्का वर्षा र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा फाटफुटरहल्का वर्षाको समेत सम्भावना रहेको छ।








