काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली एमालेको तर्फबाट अन्तिम प्रधानमन्त्री हुन सक्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा पार्टी सभापति शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री हुनेसक्ने ओलीको अभिव्यक्ति सुनाउँदै उनले भने, ‘जुन शब्दमा गोरखामा उहाँले भन्नुभयो । त्यही शब्दमा भन्ने हो भने र यही अवस्था रहिरहेमा सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन् ।
त्यसपछि अगाडि बढ्न सक्दैन ।’ २०७४ सालको निर्वाचनका बेला गोरखाको पालुङटारमा ओलीले सो अभिव्यक्ति दिएका थिए । उनले ओलीले विश्वासको मत लिनुपर्नेमा नलिएको भन्दै प्रश्न समेत उठाएका छन् ।








