चितवन । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ चितवनको नयाँ नेतृत्वका लागि आज भएको मतदान सम्पन्न भएको छ ।
भरतपुरको कर्भड हलमा चुनाव सम्पन्न भएपनि पत्रकार महासंघको कार्यालयमा मत गणना शुरु गरिएको छ । पहिले केन्द्र, प्रदेश र एशोशियट, जिल्लाको क्रमश मतदान शुरु गरिने महासंघ, चितवनका अधयक्ष राधेश्यम खतिवडाले जानकारी दिए । चितवनमा २७४ जना मतदाता रहेकोमा २६६ जनाले मतदान गरेका छन् ।
जिल्ला अध्यक्ष लगायत विभिन्न पदहरूका लागि बिहान ९ बजेदेखि भरतपुरको कभर्ड हलमा सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । जिल्ला अध्यक्षका लागि तिलकराम रिमाल, नारायण अधिकारी र सूर्यप्रकाश कँडेल गरी तीन जना उम्मेदवार मैदानमा छन् । तीमध्ये रिमाल र अधिकारीले प्यानल बनाएर चुनाव लडेका छन् भने कँडेल स्वतन्त्र उम्मेदवार हुन् ।
रिमालको प्यानलमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट प्रेस चौतारी, राप्रपा निकट मिडिया नेपाल र विप्लव माओवादी निकट जनपत्रकार संगठनको गठबन्धन छ भने नारायण अधिकारीको प्यानलमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन, एमालेको माधवकुमार नेपाल समूह निकट पत्रकार र माओवादी केन्द्रको प्रेस सेन्टरको सहभागिता रहेको छ ।
दुवै प्यानलबीच कडा प्रतिस्पर्धा हुने विश्लेषकहरुको अनुमान छ । थोरै मतको अन्तरले मात्र हारजित हुने देखिएपछि दुवै प्यानल मतदातालाई आफ्नो पक्षमा ल्याउन भरमग्दुर कसरत गरेका थिए । तर विश्लेषकका अनुसार अध्यक्ष पदका अधिकारीको पक्ष भने बलियो रहेको आंकलन गरिएको छ ।
जसअनुसार कार्यसमिति युनियन नेतृत्वको ६० प्रतिशत र चौतारीपक्षको ४० प्रतिशत उमेदवार चयन हुने दाबी गरिएको हो । चितवनमा २७४ मतदाता छन् भने देशभर महासंघमा १३ हजार बढी मतदाता छन्। साँझ ७ बजेपछि मतगणना सुरु हुने बताउँदै खतिवडाले भोलि बिहान ९ बजेसम्ममा अन्तिम मतगणना सार्वजनिक गर्ने तयारी रहेको उनले खतिवडाले जानकारी दिए ।








