काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा लकडाउनको समीक्षा हुनुका साथै अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।
सरकारले वैशाख २५ गतेसम्मका लागि लकडाउन लगाएको अवस्थामा अबको विकल्पका विषयमा छलफल हुनेछ । यद्यपी आजको बैठकबाट लकडाउन लम्ब्याउने या स्वरुप परिवर्तनबारे निर्णय भने नआउने बुझएको छ। यसका लागि अर्के क्याबिनेटले निर्णय गर्नेछ ।
आजको बैठकले संसद बैठक बोलाउने सन्दर्भमा निर्णय लिनसक्नेछ ।








