काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा ४ सय रुपैयाँले घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको हो ।
तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








