काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । बाँकि भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।
यस्तो छ आजको मौसम:
चैत्र २९ गते
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको पहाडी भू-भागका एक-दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।








