काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यकमिटी बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने तय भएको बैठक स्थगित गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएका हुन् ।
पौडेलको सोमबार निधन भएको थियो। आजको बैठकमा पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल र पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि थप्न प्रस्ताव पेस गर्ने तयारी रहेको थियो ।
यसअघि जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची चैत ३० गतेसम्म केन्द्रमा पठाउने अवधि तोकिएपनि उक्त समयमा सम्भव नभएपछि अवधि थप्न लागिएको हो । अर्को बैठकबारे मिति तोकिएको छैन ।








