चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने विक्रम बाबा मेला कोरोनाका स्थगित गरिएको छ । कोरोनाको संक्रमणको जोखिम र भीडभाड हुने भएकोले यस बर्ष विक्रम बाबा मेला नहुने चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । चैते दशैंका अवसरमा लाग्ने मेला कोरोनाको जोखिमका कारण २ बर्ष देखि निरन्तर मेला स्थगित गर्नु परेको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
भीडभाडका कारण मेलामा कोरोनाको जोखिम रहने भएकोले स्थगित गरिएको अधिकारीको भनाई छ । चैतेदशैंलाई लक्षित गरी हरेक बर्ष चैत्र औंसीदेखि पूणिर्मासम्म मेला लाग्ने गथ्र्यो । विक्रम बाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भएपनि पछिल्लो समय अन्य जातजातीहरुको पनि यसमा आस्था बढ्दै गएको थियो । विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ती, सुख लगायत मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ ।
चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षी वली दिने गर्दछन् ।








