चितवन । चितवनको माडी स्थित माडी जेसिजले नयाँ बर्षको अबसर पारेर आज बुधबार क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
जेसिजले बार्षिक कार्यक्रम अन्तरगत क्यालेन्डर बिमोचन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । बिमोचन तथा शुभकामना कार्यक्रममा बिक्रम संबत २०७८ सालको क्यालेन्डर बिमोचन गरिएको र नयाँ बर्षको शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा जेसिजका कोषध्यक्ष तथा क्यालेन्डर प्रकाशन समितीका संयोजक सुबास गौतमले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा माडी जेसिजले आगामी दिनमा गर्न लागेका कामका विषयमा छलफल समेत गरिएको थियो । माडी जेसिज २०२१का अध्यक्ष जेसि कृष्णहरि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको भएको कार्यक्रमको संचालन महासचिब जेसि शोभखर अधिकारीले गर्नु भएको थियो ।








