झापा । पूर्वी नाका काँकडभिट्टा र भद्रपुर आज (बिहीबार) बिहानैबाट सिल गरिएको छ । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि सिल गरिएको हो ।
नाका बिहान ६ बजेबाट सिल गरिएको झापका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । उनका अनुसार पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।
आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको हो । उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।








