काठमाडौं । गएराति देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग परेको छ । वाग्मती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश(१ र २ मा ठूलो हावाहुरी चलेको मौसमविदले बताए । चट्याङ्गसहित ति क्षेत्रमा ठूलो हुरी बतास चलेको हो । यो समयामा प्रि(मनसुन सक्रिय भएकाले हुरी चलेको मौसमविद्ले बताएका छन् ।
नेपालमा गएको मार्च महिनादेखि नै प्रि(मनसुन भित्रिएको भए पनि सक्रिय हुन सकेको थिएन । यसले गर्दा मौसम धुम्म हुने गरेको थियो । अबको केही दिन भने प्रि(मनसुन सक्रिय देखिएको मौसमविद्ले जानकारी दिएका छन्। तर, प्रि(मनसुन सक्रिय भए पनि पानी पर्ने गरी प्रणाली नबनेकाले ठूलो हुरी चले पनि वर्षाको सम्भावना भने खासै छैन ।
यस्तै, आज र भोलि पनि बेलुकापछि ठूलो हुरीबतास चल्ने अनुमान गरिएको छ । मौसमविद्का अनुसार अबका केही दिन ठूलो हुरीबतास चल्ने सम्भावना छ । तर, पानी भने हल्का मात्रै पर्नेछ । प्रि(मनसुनमा दिउँसोपछि मौसम बद्ली भएर हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र पानी पर्ने हुन्छ । गएरातिको ठूलो हुरीले वायुमण्डलमा थुप्रिएका धुलोका कणलाई केही उडाए पनि पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण फेरि बढ्ने सम्भावना छ ।
तुवाँलो, धुवाँधुलो र डढेलोका कारण वायु प्रदूषण बढेकाले पानी नपरेसम्म पूर्णरुपमा वायुमण्डल सफा नहुने मौसमविद्को भनाइ छ । चट्याङ्ग र ठूलो हावाहुरीको सम्भावना रहेकाले सुरक्षित रहन मौसमविद्ले आग्रह गरेका छन् ।








