चितवन । नेपाली काँग्रेस चितवनले कोरोना अस्पतालमा भएको अनियमीतता र चोरीको मुद्धालाई लिएर आन्दोलन शशक्त वनाउने निर्णय गरेको छ । काँग्रेस चितवनको आज सम्पन्न पदाधिकारी बैठकले कोरोना अस्पतालमा भएको अनियमीतताका बिषयमा सडक संघर्ष नभई सामाजिक सञ्जालमा अभियान चलाउने निर्णय गरेको हो ।
दोषिलाई निलम्बन गरी कारवाही नगरे सम्म आन्दोलन जारी राख्ने बैठकले निर्णय गरेको छ । कोरोनाको त्रासको समयमा सरकारले गरेको लकडाउनलाई ध्यानमा राख्दै सामाजिक सञ्जालमार्फत आन्दोलन जारी राख्ने र सामाजीक दुरी कायम गर्दै अन्तरक्रिया र वहशका कार्यक्रमहरु संञ्चालन गर्ने निर्णय भएको काँग्रेस चितवनका सचिब उत्तम जोशीले जानकारी दिनुभयो । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सातै स्थानिय तह र ९८ वटा वडामा क्वारेन्टाइन बनाउन स्थानीय तहहरुलाई आग्रह गरेको छ ।
बिदेशबाट आउनेहरुको संख्या वढ्दै जाने र कोरोनाको जोखिम दिनानुदिन बढेकोले सबै निकायमा क्वारेन्टाइनको ब्यवस्था गर्न माग गरेको हो । लकडाउनको समय बढेकोले दोस्रो चरणको राहत तत्काल बितरण गर्न पनि सम्बन्धित पक्षसङ आग्रह गरेको छ । राहत बितरणका क्रममा अनियमितता भएको सूचना आईरहेको भन्दै सर्बदलिय, सर्वपक्षिय निर्णय अनुसार राहत बितरण गर्न वैठकले माग समेत गरेको छ । बैठकले काँग्रेसबाट निर्वाचित महानगरपालिकाका प्रतिनिधिहरुको आन्दोलनलाई शशक्त वनाउन समेत आग्रह गरेको छ ।








