चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा नेकपा एमाले माधव समुहले नगर कमिटी गठन गरेको छ । शनिवार सम्पन्न भेलाले सुमिता डल्लाकोटीको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो ।
२०१ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा लेखनाथ खनाल,सचिवमा शमशेर लामा,उपसचिवमा राजकुमार बर्तौला चयन भएका छन् । पदाधिकारी तथा नगर कमिटी सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए । पार्टीको नगर कमिटी अध्यक्षमा चयन भएकी डल्लाकोटी र सचिवमा चयन भएका लामा वडाध्यक्ष हुन ।
भेलामा जिल्ला कमिटी सदस्य घनश्याम कँडेल नगर कमिटी घोषणा गरेका थिए । भेलामा एमाले नेताहरु डा. कृष्ण पन्त,अमर लामा लगायतको उपस्थिति रहेको थियो । एमालेको यो समुहले अनेमसंघ र युवा संघको नगर कमिटी गठन गरिसकेको छ ।








