काठमाडौें । गृहमन्त्री रामबहादुर थापा ’बादल’को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ । संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरे सँगै उनको सांसद पद र मन्त्री पद गुमेको हो ।
नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन् । थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए ।
अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले रोजेका थिए । थापाको पद गुमेपछि अब उनले पुनः मन्त्री बन्न संविधान अनुसार सपथ लिनुपर्छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रतिनिधि सभाका सांसदहरूको पद पनि खारेज भएको थियो ।









