काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ७५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७५ हजार ३०० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा ६ हजार २९० रहेको छ ।








