काठमाडौँ । सत्तारूढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहान ११ बजेपछि बालुवाटारमा बैठक बस्न लागेको हो ।
एमालेको केन्द्रीय कमिटीलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तर गरेपछि आज पहिलो बैठक बस्न लागेको हो। बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायत पछिल्ला राजनीतिक घटनाका विषयमा छलफल हुनेछ । यस्तै, आजको बैठकमा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने भएको छ ।
महाधिवेशन आयोजक कमिटी गठन गरेकाे नै जानकारी नभएकाे र ओलीले विधानविपरीत काम गरिरहेकाले आजको बैठक बहिस्कार गर्ने सो पक्षले जनाएको छ ।








