काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज बस्दैछ ।
सोमबारका लागि बोलाइएको बैठक नेताहरुको व्यस्थताका कारण स्थगित भएपछि मंगलबार दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।
आजको बैठकमा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने, नयाँ सत्ता समीकरणको प्रयास लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूचि छ ।
ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा लगातार लागिपरेको माओवादी केन्द्रले समीकरण बन्न नसक्दा सरकारबाट समर्थन फिर्ता लिएको छैन ।








