काठमाडौं । बुधबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य बदली रहेको छ भने बाकी भू-भागमा मौसम आशिक देखि सामान्य वदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा अहिले स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ । आज दिउँसो देशभर आँशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका धेरै र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, हावाहुरी र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ।
त्यस्तै आज राति देशभर आँशिक देखि सामान्य बदली र सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, हावाहुरी र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ।








