नवलपुर । पश्चिम नवलपरासीमा एकै दिन सयौको संख्यामा गिद्ध मरेको छ । रामग्राम नगरपालिका वडा नं ४ मा सयको हाराहारीमा गिद्ध मरेको अवस्थामा फेला परेको हो ।
स्थानियका अनुसार विष खाएर मरेको कुकुरको सिनो खाएर गिद्ध मरेको हुन सक्ने बताएका छन् । जटायु रेष्टरेण्डका संयोजक डिबी चौधरीका अनुसार विसीएन र जटायु रेष्टरेण्डकाका प्राविधीक अनुसन्धानका लागि घटनास्थलमा पुगि सकेको छ ।
के कारणले गिद्ध मरेको हो अनुसन्धान बाट खुल्ने छ । सरकारले संरक्षणको सुचिमा राखेको गिद्ध सयौको संख्यामा मर्द जनप्रतिनीधि भने घटनाबारे अनविज्ञ रहेका छन् ।
रामग्राम नगरपालिका वडा नं ४का अध्यक्ष मदन यादवले भने आफुलाई घटनाबारे कुनै जानकारी नभएको बताएका छन् । नवलपुर एफएम संग कुरागर्दै यादवले भन्नु भयो हाम्रो वडामा कुनै गिद्ध मरेको छैन् । आफुले घटना बारे ठेक्का नलिएको बताए ।








