चितवन । पुरानो मेडिकल कलेजमा पोखराका कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका–८ का ७२ वर्षीय पुरुषको आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।








