चितवन । भरतपुर महानगरपालिका-१ ठिमुरा- देवघाट जोड्ने त्रिशुली नदी माथि बनिरहेको पक्की पुल निर्माणका क्रममा त्रिशुलीमा खसेका मजदुर मध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् भने दुई जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भारतको बेतिया जिल्ला घर भएका ४३ वर्षिय विजय यादव रहेका छन् । उनको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको हो । त्यस्तै घाइते मध्ये दुई जना सामान्य र ६ जना मध्मम रहेका छन् ।
उनीहरुको पनि चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । बेपत्ता हुनेमा भारतको विहार घर भएका श्याम वावु पाठक र सुनिल माझी रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ वजे तिर पुलमा फलामको काम गर्दै गर्दा फलाम सहित मजदुर खसेका थिए ।








