हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा १० बसपार्कबाट लागूऔषध नाइट्रोभेट ४८० ट्याबलेट सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाराको बाराको गढिमाई १५ का १८ वर्षीय सोमबहादुर तामाङ र नवलपरासीको साबिक बन्जरीया गाबिस वडा नंबर १ बस्ने २३ वर्षीय सन्देश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।
उनका अनुसार उनीहरुलाई शुक्रबार हेटौंडा बसपार्क स्थित सडकखण्डबाट पक्राउ गरिएको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।








